
पुरानो गठबन्धनको बैठकबाट निस्कँदै गगन भन्छन् – ‘५ बजेको बैठकबाट टुंगो लाग्छ’
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालुवाटारमा सम्पन्न चार दलको गठबन्धनका शीर्ष नेताको बैठकमा पुनः ५ बजे बैठक बस्ने निर्णय भएको जनाएका छन् ।
महामन्त्री थापाले बैठकबाट निस्कँदै पुरानो गठबन्धनको बैठक फेरि पाँच बजे बस्नेगरी सकिएको बताएका हुन् ।
बालुवाटारमा चार दलको बैठकबाट बाहिरिँदै कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको विषयमा पाँच बजे बस्ने बैठकले टुंग्याउने बताए । बिहानको बैठक राष्ट्रपतिमै केन्द्रित भएको उनले बताए ।
थापाका अनुसार कांग्रेस र बाँकी तीन दलले राष्ट्रपतिमा आ–आफ्नो प्रस्ताव राखेका छन् । उनले आकांक्षीको नामबारे भने केही खुलाएनन् । आफ्नो आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे टुंग्याउने गरी अहिले नेताहरू उठेका हुन् ।
‘सबैले आ–आफ्नो दलमा छलफल गरेर भरे ५ बजे बस्छौं । भरे ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं’, गगनले पत्रकारसँग भने ।
उनले भने, ‘कांग्रेसले माओवादी, नेकपा एस र जसपासँग छलफल गरेका छौं । विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ । फेरि आआफ्नो दलमा साँझ पाँच बजे बस्नेगरी टुंग्याउछौं।’ पाँच बजे बसेर एकैठाउँमा उभिएर ठोस निर्णय गर्ने बताए ।



कागजपत्र |
