ग्रीनलाइफको आईपीओ भोलिदेखि बिक्रीमा, सर्वसाधारणलाई कति कित्ता


काठमाडौं – ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गते शुक्रबार अर्थात भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो।

निष्कासन गरिने कुल शेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो शेयर खरिदका लागि माघ २७ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन ७ गतेसम्म म्याद थप गरिनेछ ।आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया