

झापाका एक युवाले गरे पेट्रोल खन्याएर आत्मदाह प्रयास

बिर्तामोड – झापाको बिर्तामोडमा भर्खरै एक युवाले आत्मदहको प्रयास गरेका छन् ।
झापा प्रहरीका अनुसार उनले पेट्रोल खन्याएर आफ्नै शरिरमा आगो लगाएका थिए । उनी झापा बिर्तामोड–७ का विजय चौधरी रहेको खुलेको छ ।
उनको शरिरको पछाडिको भाग जलेको छ । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ ।
उपचारका लागि विएण्डसी अस्पतालमा भर्ना गरिएको विर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी दिए । उनले के कारणले आत्मदाह गर्न लागेका हुन् त्यो भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

