

नेपाली क्रिकेट टोलीलाई प्रचण्डले दिए बधाई

काठमाडौं – प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् ।
राजधानीमा जारी त्रिकोणात्मक क्रिकेटमा चारवटै खेलमा जित हात पारेकोमा नेपाली क्रिकेट टिमलाई बधाई दिँदै प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई दिँदै भनेका छन्, ‘आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टीमलाई हार्दिक बधाइ ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

