सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सिंहदरवारमा छलफल जारी छ ।

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच यता वार्ता चलिरहेको हो । प्रधानमन्त्री सचिवालय उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्नुअघि दुई पाटी अध्यक्षबीच भएको लामो छलफललाई निक्कै चासोको रुपमा हेरिएको छ । माओवादी केन्द्रले आज (सोमबार) साँझ ४ बजे पधाधिकारी बैठक बोलाएको थियो । अध्यक्ष प्रचण्ड पोखरामा आयोजित पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा सहभागी भएर फर्किए लगत्तै अध्यक्ष नेपालसँग छलफमा जुटेका कारण बैठक सुरु हुन सकेको छैन ।

प्रतिक्रिया