


देशभर थपिए ४ नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमित संख्या १० पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६३ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।
४७१ जनाको पीसीआर र ११९२ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसा पछिल्लो २४ घण्टामा २ जना संक्रमणमुक्त भएका छन् ।
१० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप २७७ जनाले लगाएका छन् ।

