सरकार-मजदुरबीच वार्ताः उपप्रधानमन्त्री श्रेष्ठको अध्यक्षतामा वार्ता जारी


काठमाडौं – सरकार र  यातायात मजदुर नेताहरु बीच सुरु भएको वार्ता जारी छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरुसँग वार्ता सुरु भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री श्रेष्ठको अध्यक्षतामा भोैतिक सचिव केसव कुमार शर्मा  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिम ज्वाला राई, प्रगतिशील यातायात मजदुर संगठनका अध्यक्ष राजेन्द्र शर्मा, स्वरोजगार यातायात मजदुर संगठनका अध्यक्ष खड्क बहादुर गिरी, एकीकृत यातायात संगठनका अध्यक्ष रवि केसी, यातायात विभागका महानिर्देशक तुलसि नाथ गोैतम, मिरा चौधरी, यातायात व्यवसायीक महासंघका महासचिव देवनाथ गौतम लगायतको सहभागीतामा छलफल भइरहेको रहेको छ ।

हिजो बालाजु क्षेत्रमा भएको आगजानी र तोडफोडको घटना भएको थियो । तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरे पछि उनीहरुलाई बार्तामा बोलाएको हो ।

मजदुर संगठनको हडताल पछि काठमाडौं उपत्यकामा सवारी साधान कमै मात्रा चलेका छन । जसका कारण यात्रुहरु अलपत्र अबस्थामा छन् ।

प्रतिक्रिया