

एसइई परीक्षामा दोलखाका ३ हजार ६५ जना विद्यार्थी सहभागी हुने

दोलखा – आगामी चैत्र १७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा एसइई परीक्षामा दोलखाबाट तीन हजार ६५ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षामा तीन हजार ६५ जना विद्यार्थी सहभागी हुँदैछन् ।
तीमध्ये नियमिततर्फ तीन हजार ५५ र ग्रेड वृद्धितर्फ १० जना परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिए ।
परीक्षामा एक खुल्लासहित ८७ सामुदायिक र ११ संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागी हुने उनले जानकारी दिए ।

