हावाहुरीका कारण लुम्बिनीका नवनियुक्त मन्त्रीको शपथ अवरुद्ध


दाङ – लम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथका लागि सभा भवनको प्रांगनमा बनाइएको मञ्च हावाहुरीले भत्काएको छ । हावाहुरीले मञ्चको छाना उडाएपछि लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ समारोह अवरुद्ध भएको हो ।

शनिबार नियुक्त भएका ७ मन्त्रीलाई आज (आइतबार) दिउँसो १ बजे पद तथा गोपनियताको शपथ खुवाउने तय भएको थियो । हावाहुरीका कारण उक्त समारोह ३ बजेसम्म सुरु हुन सकेको छैन । शनिबार ७ मन्त्री नियुक्त भएसँगै लुम्बिनीको मन्त्री परिषदले पुर्णता पाएको छ ।

दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च र पस्टिकका टेवल कुर्सी उडाएको थियो ।

हावाहुरीले उडाएपछि शपथ समारोहस्थल प्रदेशसभा भवनकै अर्को छेउमा मञ्च बनाइएको छ । तर त्यहाँ साउण्ड सिस्टम जडान गर्न नसकेपछि शपथ समारोह सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया