


सन्दीपलाई भेट्न आए पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान

काठमाडौं – पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान नेपाल आएका छन्।
पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान रिजवान सन्दीप लामिछानेलाई भेट्न नेपाल आएका हुन्।
आइतबार नेपाल आएका उनी सन्दीपलाई भेटेर आज स्वदेश फर्कँदैछन्। भेटमा रिजवानले मानसिक रुपमा बलियो भएर बस्न सन्दीपलाई सुझाएका छन्।
रिजवानसँगको भेटमा सन्दीप निक्कै खुसी मुद्रामा देखिएका थिए।

