


राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदावरी नदिने निर्णय गरेको छ । आइतबार बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
उनले भने, ‘विपक्षी दलहरूसँगको छलफलपछि राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ ।’ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याय उम्मेदावरी दिने भएकी छन् ।
राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको संघीय संसद सचिवालयले जनाएको छ ।

