

सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिको २४ घण्टे ‘अल्टिमेटम’

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सांसद अरुणकुमार चौधरीलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आज (बिहीबार) पार्टीले एक विज्ञप्ति जारी गर्दै अरुणकुमार चौधरीलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।
सरकार र थरुहत पक्षबीच समझदारी भई सकेको विषयलाई फेरि उठाएर सांसद चौधरीलाई पक्राउ गरिएकोमा पार्टीले घोर भर्त्सना गरेको छ ।
चौधरीले चार पटक स्थानीय, प्रदेश र संघको निर्वाचन लड्दा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेको थियो भनी पार्टीले प्रश्न समेत गरेको छ ।

