इजिप्टको एक अस्पतालमा आगलागी : तीनको मृत्यु, ३२ जना घाइते


काठमाडौं – इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन् ।

बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको र त्यसमा परी तीन जनाको ज्यान जानुका साथै अरु ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो ।

आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएका थिए भने अरु केही घाइते भइ अस्पताल पुर्याइएको थियो । आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया