


माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने पार्टी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
आजको बैठकमा राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउनु पर्ने लगायतका समसामयिक विषयमा छलफल गर्ने महराले बताए ।

