माओवादीको स्थायी समिति बैठक बस्दै


काठमाडौं – सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ ।

केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँग एकताको विषयमा भएको छलफल पनि बैठकको एजेण्डा भएको बताए ।

यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादी लगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

अन्य दलहरुसँग वार्तामा ठोस प्रगति नभए पनि नेसपासँग भने छिट्टै एकता गरेर जाने समझदारी बनेको नेताहरु बताउँछन् । बैठकमा सरकारको कामकारबाही, पार्टीका विभाग र भ्रातृ संगठन पुनर्गठन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया