क्रिकेट छाड्ने सन्दीपको संकेत !


काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘इन्ड द अफ स्टोरी हिअर’ राखेका छन् ।

राष्ट्रिय क्रिकेट खेलाडी राखेको स्थानमा उनले बायो परिवर्तन गर्दै ती ५ शब्द लेखेका हुन् ।

लामो समय नेपाली क्रिकेटमा योगदान गरेका सन्दीपले अहिले क्रिकेट नै छोड्ने मनसाय बनाएको देखिन्छ ।

पछिल्लो समय एक युवतीले लगाएको करणीको आरोप पनि अदालतको आदेशमा धरौटीमा रिहा भएर घर परिवारसँग समय बिताइरहेका छन् ।

प्रतिक्रिया