वर्षमान पुन अस्पतालबाट डिस्चार्ज


ललितपुर — नेकपा माओवादी केन्द्र नेता एवं प्रतिनिधिसभा सांसद वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन्।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्रीसमेत रहेका पुन शुक्रबार डिस्चार्ज भएका हुन् । पुनको स्वास्थ्यमा केही सुधार आएपछि फलो अप उपचारलाई जारी राख्नेगरी डिस्चार्ज गरिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।

केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र रोल्पा पुगेका उनी स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरमा काठमाडौँ फर्केर अस्पताल भर्ना भएका थिए । उनलाई आज मात्रै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका लिएका थिए ।

वंशाणुगत जण्डीसबाट पीडित पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिइसकेका छन् ।

प्रतिक्रिया