

उपसभामुख उम्मेदवारमा इन्दिराको नाम फाइनल !

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।
भर्खरै बसेको संसदीय दलको बैठकले इन्दिरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीमा सोविता गाैतमको नाम चर्चामा रहे पनि अन्तिम समयमा मात्र इन्दिराको नाम निर्णय भएको एक नेताले जनाए ।
पार्टीका धेरै सांसदको समर्थन गौतमको पक्षमा रहे पनि कलस्टर मिलाउनुपर्ने आवाज उठेपछि इन्दिरालाई उम्मेदवार बनाउने निर्णय भएको हो।

