आज सपथ लिँदै सभामुख घिमिरे


काठमाडौं — प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन्।

संसद सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथग्रहण कार्यक्रम रहेको छ।

सभामुखले राष्ट्रपतिसँग सपथ लिने संसदको नियमावलीमा व्यवस्था रहेको छ।  सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका घिमिरे बहुमतका साथ बिहीबार निर्वाचित भएका हुन्।

घिमिरेले १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन्। विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन्। प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।

घिमिरे नेपालको संसद इतिहासमा नवौं सभामुख हुन । नेपालको सबैभन्दा पहिलो सभामुख नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई हुन् । त्यसपछि क्रमशः दमननाथ ढुंगाना, रामचन्द पौडेल, तारानाथ रानाभाट प्रतिनिधिसभाको सभामुख बनेका थिए ।

रानाभाटपछि सुभाषचन्द नेम्बाङ, ओमसरी घर्ती, कृष्ण बहादुर महरा र पछिल्लो समय अग्नि सापकोटा सभामुख थिए । दलगत रुपमा हेर्दा हालसम्म नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३ र एमालेका २ जना सभामुख भइसकेका छन् ।

प्रतिक्रिया