


निष्पक्ष भएर सभाको प्रतिनिधित्व गर्नेछु : सभामुख घिमिरे

काठमाडौं – नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भूमिकामा आफू कार्यसम्पादनमा लाग्ने बताएका हुन् ।
उनले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले भने, ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु। प्रतिनिधिसभाको प्रतिनिधित्व ठिक ढंगले गर्नेछु। विगतका सभामुखहरुको कामबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु।’
आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् । उनी झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
कांग्रेसको तर्फबाट उम्मेदवार भएकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरेकी थिइन्।

