

फुटबल खेलिरहेकै ठाउँमा हेलिकोप्टर ओरालेपछि…

स्याङ्जा – स्याङ्जाको वालिङमा आयोजित वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल चलिरहँदा हेलिकप्टर अवतरण गरेपछि फुटबल मैदानमा झडप भएको छ ।
खेल चलिरहँदा बिहीबार हेलिकप्टर मैदानमा अवतरण भएपछि झडप भएको हो ।
हेलिकप्टर आकष्मिक अवतरण नभई यात्रुको प्रेसरमा मैदानमै अवतरण गरेको पाइलटले बताएपछि झडप भएको हो ।
त्यसपछि बिना सूचना अवतरण गरेको भन्दै स्थानीय, आयोजक र दर्शकले पाइलट र हेलिकप्टरका यात्रुलाई हातपात गरेका छन् ।
पाइलटसहित हेलिकप्टरका यात्रु सामान्य घाइते भएका छन् । उनीहरुलाई प्रहरीले उद्दार गरेर पठाएका छन् ।
केहि समय झडपको स्थिति बनेपछि खेल सुचारु भएको जनाइएको छ ।

