

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

दाङ – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् । आज (बिहिवार) दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री गिरिले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका र स्वतन्त्र गरि ५७ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा २८ मत परेको छ । नेपाली काग्रेस र जनमोर्चाले गिरिलाइ बिश्वासको मत दिएनन् ।
कुल ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा २ जना स्वतन्त्र सासंदसहित ५८ सांसदको समर्थनमा गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

