

सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ५ सय ४० रुपैयाँ

काठमाडाैं – सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उखुको मूल्य निर्धारण गरेको हो । सरकारले यो वर्षका लागि तोकेको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढी हो ।
सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षका लागि उखुको बिक्री मूल्य निर्धारण गरेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको र ढुवानी भाडामा ७० रुपैयाँ सरकारल अनुदान दिने निर्णय भएको गरेको हो ।
गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ छ । ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रति मेट्रिकटन बनाएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए । सरकारको पछिल्लो निर्णयले उखुको न्यूनतम मूल्य क्विन्टलमा २० रुपैयाँले बढेको छ ।
सरकारले यसअघि आर्थिक वर्ष (आव) ०७७/७८ मा उखुको बिक्री मूल्य ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो । सरकारले उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिएको हो । ५४० रुपैयाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपैयाँ भने किसानलाई सरकारले अनुदान दिने छ ।

