

जसपा सरकारमा सहभागी नहुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको सो दलको संसदीय दलको बैठकमा सरकारमा जाने या नजाने विषयमा छलफल गर्दा सो निर्णय गरेको सो दलले जनाएको छ ।
जसपा प्रवक्ता मनिष सुमनले शक्ति बाँडफाँटमा थप समझदारी नभएकाले सरकारमा नजाने निर्णय भएको बताए। उनले भने, ‘शक्ति बाँडफाँटमा थप समझदारी नभएकाले जसपा सरकारमा नजाने भएको हो ।’
यस्तै, जसपा केन्द्रीय कार्यालयका मुख्य सचिव प्रकाश अधिकारीले यस विषयमा पार्टीमा छलफल भइरहेको बताए । अधिकारीले शक्ति बाँडफाँटमा जसपा असन्तुष्ट भएको तर अन्तिम निर्णयमा नपुगेको बताए ।

