

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त

जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत प्राप्त गरे । प्रदेश सभाको पहिलो अधिवेशनको चौथो बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका हुन् ।
सभामा उपस्थित १०२ जना सभा सदस्यले विश्वासको मत दिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । मुख्यमन्त्री यादवले सभामा विश्वासको मतका लागि राखेको प्रस्तावका विपक्षमा शून्य मत परेको सभामुख मण्डलले जानकारी दिए ।

