

नवनियुक्त पर्यटन राज्यमन्त्री ठकुरीद्वारा शपथ

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्र ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनीलाई प्रधानमन्त्री दाहालले शपथ गराएका हुन् । मङ्गलबार राज्यमन्त्री नियुक्त भएकी ठकुरी उपत्यकाबाहिर रहेका कारण हिजो शपथ लिन सकेकी थिइनन् । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतको उपस्थिति थियो ।

