सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं – सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

पुस ११ गते गठन भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मंगलबार पूर्णता पाएपछि आज (बुधबार) सिंहदरबारमा मन्त्रिपरिषद् पहिलो बैठक बसेको हो।

यो बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । मंगलबार प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय भएको थियो ।

अझै दुई मन्त्रालय खानेपानी, युवा खेलकुद र वन मन्त्रालयमा प्रधानमन्त्री प्रचण्डसँग नै छ । ती दुई मन्त्रालयका लागि मन्त्री टुङ्गो लागेको छैन । खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको जनमत पार्टीले जिम्मेवारी लिइसकेको छैन । जनमतका अब्दुल खान शपथ लिएर मंगलबार कार्यभार सम्हाल्न गएनन्।

अर्कातिर युवा तथा खेलकुद र वन खाली राखेको सत्ता गठबन्धनले जनता समाजवादी र नागरिक उन्मुक्ति आउने अपेक्षा गरेको छ ।

प्रतिक्रिया