कर्णालीको उपसभामुखमा कांग्रेसको पनि उम्मेदवारी


सुर्खेत – कर्णाली प्रदेश सभाका उपसभामुखका पदमा लागि नेपाली कांग्रेसले र सत्तारुढ गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ। प्रदेशसभामा कांग्रेसबाट इन्द्राकुमारी शाहीले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन्।

त्यस्तै, सत्तारुढ दलबाट नेकपा माओवादी केन्द्रका यशोदा न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छिन्।

उपसभामुखको निर्वाचन आज दिउँसो १ का लागि तोकिएको छ। गठबन्धनको भागबन्डामा उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ।

प्रतिक्रिया