पत्नीका लागि उत्तर कोरियाली शासक किम जोङले बनाएका ९ नियम


काठमाडौं – उत्तरकोरिया विश्वकै रहस्यमयी मुलुकका रुपमा रहेको छ । उत्तर कोरियाली शासक किम जोङ उन विश्वमै शक्तिशाली आणविक क्षमता भएका शासक हुन् । उनले अमेरिकालाई समेत बारम्बार क्षेप्यास्त्र परीक्षण गरेर चुनौति दिँदै आएका छन् ।

त्यति मात्र होइन उत्तर कोरियामा निकै डरलाग्दा कानुनहरु रहेका छन् । आफ्ना देशका जनताका लागि अलग–अलग कानुन बनाउने किमले आफ्नी पत्नीका लागि पनि निकै कडा नियमहरु बनाएका छन् ।

नियमहरुः

१. विश्वका केही देशहरुमा विवाहपछि महिलाहरुले श्रीमानको थर अपनाउने परम्परा रहेको छ । तर, उनले आफ्नी श्रीमतीको विवाहपछि पूरै नाम नै परिवर्तन गरिदिए । र, उनकी पत्नीको जन्मनाम छोडेर रि सोल जू नाम राखियो ।

२. उत्तर कोरियामा ‘फर्स्ट लेडी’ लाई हरेक समय जनमासमा जाने अधिकार हुँदैन । उनीहरुलाई केवल विशेष समारोहमा मात्र देखिने अनुमति हुन्छ ।

३. रि सोल जूलाई उच्च सैनिक सुरक्षा घेरामा राखिन्छ । उनको हरेक गतिविधिमाथि निगरानी राखिन्छ । उनलाई कसैसँग पनि कुराकानी गर्ने अधिकार छैन ।

४. प्रायः विश्वका देशहरुमा ‘फर्स्ट लेडी’ लाई शोकस्थलमा जाने अनुमति हुँदैन तर रि सोल जूलाई भने शोकस्थलमा जाने अनुमति दिइएको छ ।

५. रि सोल जू आफ्नो इच्छा अनुसार कुनै पनि ठाउँमा जान सक्दिनन् । उनलाई सधैँ किम जोङसँग देखिन्छ ।

६. रि सोल जू तीन बच्चाकी आमा हुन् । तर, यो विषयमा कहिल्यै पनि आधिकारिक पुष्टि भएको छैन । किनकी जूलाई आफ्नो गर्भावस्थाको बारेमा जानकारी गराउँने अनुमति छैन ।

७. किमकी श्रीमतीबारे कुनै पनि सञ्चारमाध्यमले समाचार प्रकाशित गर्न पाउँदैनन् । त्यसैले, जूको बारेमा उत्तर कोरियामा न कुनै समाचार प्रकाशित गरिन्छ न कुनै तस्बिर लिइन्छ ।

८. उत्तर कोरियाका शासक वर्गमा विवाहको तुरुन्तै बच्चा जन्माउने नियम रहेको छ । विरासतलाई अगाडि बढाउन छोरा जन्माउनै पर्ने दबाब पनि हुन्छ ।

९. फस्र्ट लेडी भएकाले जूलाई सधैँ फर्मल स्टाइलमा देखिनुपर्ने हुन्छ । उनी स्कर्ट, टप र कोट लगाउनुपर्छ । उनले सधैँ घुँडा छोप्नु स्कर्ट लगाउनुपर्छ । एजेन्सी

प्रतिक्रिया