महिला लघुवित्तले माघ २८ देखि ४ लाख साधरण सेयर बिक्री गर्ने


काठमाडौं – महिला लघुवित्तले माघ २८ गतेबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ४ करोड रुपैयाँ बराबरको ४ लाख साधरण सेयर बिक्री गर्न लागेको बताइएको छ ।

कुल चार लाख कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरूका लागि छुट्याइएको भने बाँकी रहेको रहेको ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री हुनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखी १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर वेवसाइट र एपमार्फत आईपीओमा आवेदन गर्न सकिनेछ । कम्पनीको आईपीओमा माघ २८ गतेदेखी फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ ।

हाल ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ बिक्री पछि चुक्ता पुँजी १० अर्ब पुग्नेछ । आईपीओ बिक्री पछि कम्पनीको संस्थापक र साधारण सेयर संरचना ६०ः४० प्रतिशत हुनेछ । कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लि. रहेको छ ।

गत माघ ८ गते बोर्डले कम्पनीलाई आईपीओ निष्कासन अनुमति प्रदान गरेको थियो ।

प्रतिक्रिया