

मल्टीपर्पसको नाफा ४७.११ प्रतिशत बढ्याे, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं – मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २८ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ लाख १७ हजार अर्थात ४७.११ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाईनान्सले १९ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीले ९२ लाख ७९ खुद ब्याज आम्दानी कमाएको छ । गत आवको सोही अवधीसम्म कम्पनीले ७४ लाख ४३ हजार रुपैंया बराबरको खुद आम्दानी गरेको थियो । ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अन्त्यसम्ममा २२ करोड ४० लाख चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ६१ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधीसम्म कम्पनीले ३६ करोड ४५ लाख रुपैंया बराबरको निक्षेप संकलन गरेको छ । कम्पनीले गत आवको सोही अवधीसम्म २३ करोड ८८ लाख रुपैंया बराबरको निक्षेप संकलन गरेको छ । यस्तै फाईनान्सले समीक्षा अवधीसम्म ३६ करोड २६ लाख रुपैंया बराबरको कर्जा प्रवाह भएको छ ।
सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रु २०.१६, प्रतिशेयर नेटवर्थ रु १२२.७९ रहेको छ भने प्रति शेयरको कुल सम्पत्तिको मुल्य ३.१४ रहको छ ।

