विमान दुर्घटनामा पर्वतका मात्रै नौजनाको मृत्यु, पाँचको सनाखत


कास्की – आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका नौजनाको ज्यान गएको पुष्टि भए पनि पाँचजनाको सनाखत भएको छ ।

ज्यान गुमाउनेमा पर्वतको कुस्मा नगरपालिका-१४ आर्थर डाँडाखर्कका त्रिभुवन पौडेल, कुस्मा नगरपालिका-९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल छन् ।

त्यसैगरी, कुस्मा नगरपालिका-१ पाङका १० महिने बालक रिहान पौडेल र रचना काफ्लेको सनाखत भएको छ भने पर्वतको बिहादी गाउँपालिकाका चारजनाको सनाखत हुन सकेको छैन । उनीहरूको नामावलीसमेत पहिचान हुन सकेको छैन ।

दुर्घटनामा ज्यान गुमाउनेमा पर्वतको कुस्माका बाबुछोरी नै छन् । दुर्घटनामा कुस्मा नगरपालिका-९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धिको निधन भएको छ । काठमाडौंको बृहस्पति विद्या सदनमा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् ।

मृतक पौडेल ९ वर्ष कोरियामा बसेर फर्किएका थिए । अधिकारीका अनुसार कोरियाबाट फर्केपछि पौडेल तीन छोरी र श्रीमतीसँग काठमाडौंमा बस्दै आएका थिए । कोरियाबाट फर्किएपछि समाजसेवामा लागेका उनी गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया