दुर्घटनाग्रस्त जहाजका यात्रुका आफन्तले सम्पर्क गर्नका लागि नम्बर सार्वजनिक


काठमाडौं – यती एयरलाइन्सले जहाज दुर्घटनामा परेका यात्रुका आफन्त र परिवारका सदस्यले सम्पर्क गर्न सक्ने गरी फोन नम्बर सार्वजनिक गरेको छ ।

दुर्घटनामा परेका आफन्तले काठमाडौं विमानस्थलमा ०१-४४९३०१, पोखरा विमानस्थलमा ०६१-५९७०५५ र कल सेन्टरको फोन नम्बर ०१-५९७००७४ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

आइतबार काठमाडौंबाट पोखरा उडेको जहाज विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको हो । अहिलेसम्म ६८ जनाको निधन भएको पुष्टि भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

प्रतिक्रिया