

सोमबार पनि बढ्यो सुनको मुल्य

काठमाडौं – सोमबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । तोलामा ५०० रुपैंयाले बढेको जनाइएको छ । आइतबार प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बढेर ९२ हजार ६०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैंया रहेको छ । यसैगरी आइतबार १३ सय २० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य तोलामा ८० रुपैंयाले बढेर १४०० रुपैंयमा कारोबार हुने महासंघले जनाएको छ ।

