

उन्मुक्ति पार्टीको समर्थनसहित एमाले नेता रावलले मुख्यमन्त्रीमा दावी पेश गर्दै

धनगढी – सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित नेकपा एमालेका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दावी पेश गर्दै छन् ।
बुधबार भएको छलफलपछि नगरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न तयार भएको हो । नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका रावलले मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ गएका छन् ।
सुदूरपश्चिम प्रदेशमा शत्तारुढ गठबन्धनमा आबद्ध रहेका सबै दलले समर्थन दिए मात्रै मुख्यमन्त्रीमा दाबी पेश गर्न आवश्यक पर्ने बहुमत पुग्ने अवस्था छ । नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थमा माओवादी केन्द्र, एमाले र राप्रपासँग २२ जना प्रदेशसभा सदस्य मात्रै रहेको छन् । प्रदेशमा बहुमत जुटाउन २७ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने छन् ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्ने छ । प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

