कोरोनाबाट अस्पतालका सञ्चालकसहित चारको मृत्यु


विराटनगर – गत २४ घन्टामा कोरोना संक्रमणबाट विराटनगरमा चार जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित एक अस्पताल सन्चालकसहित थप चार जनाको आइतबार बिहानदेखि सोमबार बिहानसम्म मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेमा २ जना नोबेल मेडिकल कलेज, १ जना कोशी अस्पताल र न्यूरो अस्पतालमा उपचार गराइरहेका १ जनाको मृत्यु भएको जनाइएको छ ।

मृतकमध्ये एक जना मोरङको पथरीमा रहेको एक अस्पतालका सञ्चालक रहेको जनाइएको छ ।

प्रतिक्रिया