


स्ववियु निर्वाचन १४ वर्ष पछि आगामी चैत ५ मा हुँदै

काठमाडौं — त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी चैत ४ गते हुने भएको छ । १४ वर्षपछि विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते स्ववियु निर्वाचन गराउने निर्णय गरेको हो ।
विद्यार्थी कल्याण परिषद्को बिहीबार बसेको बैठकले चैत ५ गते त्रिवि स्ववियु चुनाव गराउने निर्णय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जनाए । भोलि त्रिविको कार्यकारी बैठक बस्दैछ । उक्त बैठकले निर्णय अनुमोदन गर्नेछ ।
निर्वाचन सम्बन्धी कार्यक्रम एकसाताभित्रमा सार्वजनिक गर्न लागेको उनले बताए । उनले भने,’कार्यकारी परिषद्ले चुनावको मिति फिक्स गरेर समिति गठन गरेपछि बल्ल तालिका सार्वजनिक हुन्छ । एकहप्ता जति लाग्छ तालिका सार्वजनिक हुन्छ ।’
२०६५ देखि नियमित हुन सकेको थिएन ।

