न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक स्थगित, पुनः भोलि बस्ने


काठमाडौं – सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आजका लागि स्थगित भएको छ ।

साझा कार्यक्रमलाई पूर्णता दिन एमाले उपाध्यक्ष तथा उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठित भएको कार्यदलको बैठक भोलि ११ बजे बस्ने भएको हो । भोलि बस्ने बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने अर्थमन्त्री पौडेलले बताए ।

विभिन्न दल सहभागी भएकाले न्यूनतम साझा सहमतिका आधारमा मस्यौदा हुँदा साझा लक्ष्य आर्थिक समृद्धि र विकास जोड दिइएको छ ।

विवादित राजनीतिक मुद्दामा कार्यक्रम नबोल्ने र अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरूमा केन्द्रित हुने गठबन्धनको तयारी छ ।

यो सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्न केन्द्रित हुने हुने जनाइएको छ ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो ।

कार्यदलमा पौडेलसहित नेकपा माओवादीका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर जबरा र जसपाबाट रकम चेम्जोङ छन् ।

प्रतिक्रिया