

देशभर थप १ जनामा कोरोना पुष्टी, ८ जना संक्रमणमुक्त

काठमाडौं – गत २४ घन्टामा देशभर थप १ जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ९६० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ८ जनाले कोरोनाविरुद्ध जित हात पारेका थिए । यससँगै अहिलेको अवस्थामा नेपालमा २२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

