

काठमाडौंको नरदेवीमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा

काठमाडौं – काठमाडौंको नरदेवीमा गएराति आगलागी भएको छ । गएराति साढे १० बजे नरदेवी मन्दिर आसपासका घरमा सल्केको आगो सुरक्षाकर्मीहरुले ४ घण्टाको प्रयासपछि निभाएका हुन् ।
३ वटा पुराना घरमा सामान्य क्षति पुगेको छ । ५ वटा दमकलको प्रयोग गरेर प्रहरी, सेना र सशस्त्र प्रहरीले आगो निभाएका हुन् ।
बिजुली सर्ट भएर आगलागी हुँदा कवाडी संकलन केन्द्रमा क्षती पुगेको छ । अग्नि नियन्त्रकहरूको प्रयासले मानवीय र अन्य क्षति हुनबाट रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

