माओवादी पदाधिकारी बैठक सुरु, मन्त्रीहरुको टुंगो अहिल्यै लगाइने


काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल भइरहेको एक नेताले बताए । माओवादीले प्रधानमन्त्रीसहित ६ मन्त्रालय पाउने सहमति भएको जनाइए पनि गठबन्धनको संख्या धेरै भएकाले हेरफेर हुनसक्ने माओवादी  एक नेताले जनाए ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथग्रहणको तयारी गरेका छन् ।

माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे प्रचण्ड सरकार सत्ता गठबन्धन को बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

प्रतिक्रिया