

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रीमण्डल गठनबारे निर्णय गरिने

काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गरी बनेको गठबन्धनको बैठक आज बस्ने भएको छ ।
७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहालले सपथ लिनु भन्दा अगाडि ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको हो ।
गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ । गठबन्धनको बैठकपछि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।

