

चिनियाँ दूतावासद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४ औं प्रधानमन्त्री बनेकोमा नेपालस्थित चिनियाँ दूतावासले बधाई दिएको छ ।
दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको हो । दूतावासले लेखेको छ, ‘अध्यक्ष प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।’
प्रचण्डलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले १७० जना सांसदहरुको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् । उनको भोलि अपराह्न ४ बजे सपथ ग्रहण हुनेछ ।

