ओली निवासमा नेताहरुको लाइन…


भक्तपुर –नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा अहिले विभिन्न राजनीतिक दलका नेताहरु पुग्ने क्रम बढेको छ ।

यसै शिलशिला पछिल्लो पटक माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन् । उनी पुग्नु अघि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पुगीसकेका छन् ।

लिङ्देन पुगेपछि पुगेका लामिछाने पुगेपछि ओलीसँग छलफलकै क्रममा प्रचण्ड पुगेका छन् ।

त्यसका साथै जसपाका नेता अशोक राई पनि ओली निवासमै रहेका छन् । अहिले ओली, प्रचण्ड र रविलगायतका नेताबीच छलफल भईरहेको छ ।

नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो । रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।

एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । यी चार दलको जम्मा संख्या १४२ पुग्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया