बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु


काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् ।

सत्तारुढ गठबन्धनले आफ्नो सरकार निर्माणका लागि प्रयास गरिरहेको छ । तर दलहरुले प्रधानमन्त्रीसँगै राष्ट्रपतिलगायत मुख्य पदहरुको बाँडफाँटमा सहमति जुटाउन सकस परिहेको अवस्थामा गठबन्धनको बैठकबाट शक्ति बाँडफाँटको सहमती निकाल्ने बुझिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री पद आफूले पाउनुपर्ने माग गर्दै आएका छन् । त्यस्तै कांग्रेस सभापति देउवा पनि प्रधानमन्त्री नछोड्ने अडानमा रहेका छन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय पुस १० गते अपरान्ह ५ बजे सकिँदैछ । त्यसअघि नै कुनै प्रतिनिधिसभा सदस्यले आफ्नो पक्षमा बहुमत पुर्‍याएर नयाँ सरकारका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया