बागमती प्रदेशमा सवारी दुर्घटनाका कारण पाँच महिनाभित्र १४२ जनाको मृत्यु


काठमाडौं – बागमती प्रदेशमा ६३९ वटा सवारी दुर्घटना हुँदा १४२ जनाको मृत्यु भएको छ। यी दुर्घटनामा एक हजार ४२३ जना मानिस घाइते भएका छन्। यो आर्थिक वर्ष २०७९/८० को साउनदेखि मंसिरसम्मको तथ्यांक हो।

बागमती प्रदेश प्रहरी कार्यालय मातहतका १० (उपत्यकाका ३ जिल्ला बाहेक) जिल्लाको तथ्यांक मात्र समावेश छ। यान्त्रिक, मानवीय, वातावरणीय र सडकको भौतिक अवस्था गरी सवारी दुर्घटनाका प्रमुख चारवटा कारण हुन्छन।

बागमती प्रदेशमा भएको सवारी दुर्घटनाको कारण विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना मानवीय त्रुटिका कारणले हुने गरेको देखिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। त्यसपछि क्रमश: सडकको अवस्था, सवारी साधनको यान्त्रिक कारण र अन्य वातावरणीय कारण देखिएको छ।

यसैगरी सवारी दुर्घटनामा परी सबैभन्दा बढी २ पाङ्ग्रे (मोटरसाइकल/स्कूटर) संलग्न रहेको छ भने क्रमशः जीप/कार, ट्रक, ट्यांकर, बस, टेम्पो, माइक्रो, ट्रेक्टर, टिपर संलग्न रहेको देखिन्छ।

प्रतिक्रिया