
४८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टीः स्वास्थ्य मन्त्रालय
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकमहिनाभित्र गरिएको नमूना परिक्षणपछि आज आएको रिपोर्टअनुसार ४८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी भएको जनाएको छ । मन्त्रालयले विज्ञप्तिमा पछिल्लो १ महिनामा देशका विभिन्न स्थानबाट संकलिन नमूनाको जिन सिक्वेन्सिग पछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नतिजा अनुसार सबैमा ओमिक्रोन भेयिन्ट पुष्टी भएको जनाएको छ ।
पछिल्लो समय कोभिड–१९ जोखिम बढ्दै गएकोले मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आम जनमानसमा मास्कको प्रयोग र भौतिक दूरीको कायम गर्न समेत अनुरोध गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा केही देशहरुमा संक्रमणका नयाँ स्वरुपका जोखिम बढेको जनाउँदै कोरोना संक्रमणका नयाँ भेरियन्ट पुष्टी हुँदै फैलिएकोले नेपालमा पनि ध्यान पुर्याउन आग्रह गरेको छ ।
साथै मन्त्रालयले सम्पूर्ण प्रवेश विन्दुका हेल्थ डेक्सहरुले तथा स्वास्थ्य संस्थाहरुले आवश्यक स्क्रिनिङ, निगरानी र सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।




कागजपत्र |
