
राष्ट्रपतिमा मेरो सशक्त दाबी रहन्छ : झलनाथ खनाल
काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावी राष्ट्रपति सशक्त दाबी रहने बताएका छन् । सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीबाट आफ्नो राष्ट्रपतिमा दाबी रहने बताएका हुन् ।
नयाँ सरकार गठन र संसदिय दलको नेता छान्न भ्याइनभ्याइ अवस्थामा रहेको अवस्थामा सत्ता गठबन्धन भित्र पावर सेयरिङको विषय गम्भीर बनेको छ । एमालेबाट अलग भएर नयाँ बनेको पटी नेकपा एसले आफुले प्रधानमन्त्री र सभामुख पद नमागेकाले राष्ट्रपति स्वभाविक रुपमा पाउनुपर्ने दावी गरेको छ ।
‘राष्ट्रपति राष्ट्रको अभिभावक हो । राजनीतिक इतिहास र पृष्ठभूमि भएको व्यक्तिलाई बनाउनुपर्छ । एकाध गैरराजनीतिक पृष्ठभूमि भएको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भनेर चर्चा चलेको छ । त्यो विगतलाई हेरेर पनि गल्ती दोहो¥याउनु हुँदैन’ उनले भने,‘अब सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीको राष्ट्रपतिको दाबी रहन्छ । त्यसमा पार्टीको तर्फबाट मेरो दाबी रहन्छ ।’
यस्तै पार्टीको संसदीय दलको बैठकमा समेत अध्यक्ष माधवकुमार नेपालले पार्टीको तर्फबाट राष्ट्रपतिको दाबी रहने ब्रिफिङ गरेका छन् । पार्टीले राष्ट्रपति भागबण्डा लिएरै छाड्ने गरी बैठकमा राख्ने नेपालले बताएका हुन् ।



कागजपत्र |
