
अनामनगर क्षेत्रको ट्राफिक अस्तव्यस्त, महानगरले उठायो निजी जग्गामा राखेको सवारीसाधन !
काठमाडौं – महानगरपालिकाले निजी जग्गामा राखिएका सवारी साधन उठाएपछि काठमाडौंको अनामनगर क्षेत्रमा तनाव उत्पन्न भएको छ ।
आइतबार बिहान करिब ११ बजेदेखि नै काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका सवारीसाधन उठाएपछि विवाद देखिएको हो ।
निजी जग्गा क्षेत्रभित्र राखेका मोटरसाइकल महानगर प्रहरीले उठाएपछि यतिबेला अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ । महानगरपालिकाले आफूहरूमाथि ज्यादती गरेको आरोप लगाउँदै सवारी साधन चालकहरू विरोधमा उत्रिएका छन् ।

एक सर्वसाधारणले महानगरपालिकाले एक लाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको भन्दै आपत्ति जनाए ।
सिंहदरबार पूर्वीगेटमा यतिबेला सर्वसाधारण, महानगर प्रहरी र ट्राफिक प्रहरीबीच भनाभन छ । सर्वसाधारणहरूले महानगरपालिकाले जनतामाथिको ज्यादती छोड्नपर्ने अडान लिएका छन् ।



कागजपत्र |
