आजको मौसमः देशैभर चिसो बढ्यो, पहाडी भेगमा आंशिक बदली


काठमाडौं — मौसम पूर्वानुमान महाशाखाले आज आइतबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने हुनाले चिसोबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ ।

आज प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागको मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ । पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै, भोलि ४ गते सोमबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । एक दुई स्थानमा हिमपात हुने सम्भावना छ ।

सोहीअनुसार पुस ५ गते मंगलबार पनि प्रदेश १, बागमी, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया